The Winner team: Nepal

नेपाल र भारतबीच नेत्रहीन महिला क्रिकेट सिरिज हुने, अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गर्ने

नेपालमा रहेको अष्ट्रेलियन एम्बेसीले नेपाली नेत्रहीन क्रिकेटलाई आर्थिक सहयोग गर्ने भएको छ ।

आगामी अप्रिलमा हुने नेपाल र भारतको नेत्रहिन महिला क्रिकेट सिरिजका लागि अष्ट्रलियन एम्बेसीले नेत्रहीन क्रिकेट संघ नेपाललाई आर्थिक सहयोग गर्ने संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालमा रहेको अष्ट्रेलिया एम्बेसीले ७ लाख ७७ हजार पाँच समय रुपैयाँ नेत्रहीन क्रिकेटलाई सहयोग गर्नेछ । जसबाट नेपाली नेत्रहीन महिला क्रिकेटको लागि २० दिनको क्याम्प सञ्चालन गरिनेछ ।

नेपाल र भारतको नेत्रहिन महिला क्रिकेट टिमबीच आगामी अप्रिल २५ देखि ३० सम्म दुईपक्षीय सिरिज हुने संघले जनाएको छ । त्यसका लागि नेत्रहीन क्रिकेट संघले अप्रिल ५ देखि पोखरामा १५ दिनको क्लोज क्याम्प सञ्चालन गर्नेछ । टोलीलाई रिजन प्रजुल प्रशिक्षण दिनेछन् ।

नेत्रहीन क्रिकेट संघ र अष्ट्रेलियन एम्बेसीबीचको सम्झौता अनुसार एम्बेसीले खेलाडीको खान बस्न, प्राक्टिस जर्सी, प्रशिक्षक र पिजियोको पारिश्रमिक यातायात लगायत विषमा आर्थिक सहयोग गर्नेछ ।

नेपाल र भारतबीचको दुई खेल अप्रिल २५ र २६ मा पोखरामा खेलाइनेछ भने बाँकी तीन खेल अप्रिल २८ देखि ३० सम्म कीर्तिपुरस्थित टीयू मेदानमा खेलाइने नेत्रिहन क्रिकेट संघले जनाएको छ ।

नेत्रहीन क्रिकेट संघ नेपाल नेत्रहीन महिला क्रिकेटको जन्मदाताको रुपमा रहेको छ । संघले दोस्रो पटक नेत्रहीन महिला क्रिकेट सिरिज गर्न लागेको हो ।

यसअघि सन् २०१४ मा नेपालमै बेलायतसँग सिरिज खेलेको थियो ।

यस्तै २०१९ मा पाकिस्तानमा गएर नेपाली महिला नेत्रहीन टिमले दुईपक्षीय सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले जितेको थियो ।

नेत्रहीन क्रिकेट संघ नेपालले अस्ट्रेलियन स्पोर्ट्स आउटरिच अनुदान प्राप्त गरेको थियो र अब समावेशी खेलकुद कोचिङ गाइड तयार गर्न अष्ट्रेलिया सरकारको प्रत्यक्ष सहायता परियोजना पनि लागू गर्दैछ र समावेशी खेलकुद गतिविधिहरू पनि सञ्चालन गर्नेछ ।

नेपाल र भारतबीच नेत्रहीन महिला क्रिकेट सिरिज हुने, अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गर्ने

 

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.